यस लेखले उठाएको मूल विषय काठमाडौं उपत्यकाका तीन दरबार क्षेत्रलाई ‘सार्वजनिक स्थल’का रूपमा भन्दा बढी सांस्कृतिक धरोहर भनेर संरक्षणमा ध्यान दिइयो । संरक्षण एउटा पाटो हो तर संरक्षणको अवधारणाभित्र दरबार क्षेत्र ‘सार्वजनिक स्थल’ हो भन्ने स्वीकार गरिएन र उक्त क्षेत्रको ‘उपयोग र सिर्जना’ले कम प्राथमिकता पायो । राज्यका संरक्षण नीतिले भौतिक संरचनालाई मात्र सम्बोधन गर्न सकेको छ । यसले स्थानीय समुदायलाई संरक्षणसँग जोड्न सकेन र सांस्कृतिक सम्पदाको संरक्षण बोझ बन्न पुग्यो । संरक्षणलाई व्यवस्थापनको रूपमा बुझ्ने हो भने यसमा सम्पदा र स्थानीय समुदाय जोडिन सक्छन् । त्यसैले यस लेखमा राज्य र गैर–राज्यको तहमा भए गरेका प्रयत्नलाई व्यवस्थापनको कसीमा विश्लेषण गरिएको छ । पाटन दरबार क्षेत्रलाई नमुना लिएर नेपालमा विगत ६० वर्षमा भएका सम्पदा व्यवस्थापनका अभ्यास र अग्रसरताबारे चर्चा र विवेचना गरिएको छ ।

occasional-paper-7

Share Via: