यस अध्ययनमा विभिन्न व्यक्ति, राजनैतिक दल र जनजाति सङ्घठनहरुद्वारा प्रस्तावित राज्य पुनर्सचनाका ५० भन्दा बढी मोडेल÷संरचना÷अवधारणाका उद्देश्य, सिद्वान्त÷आधार, उनिहरुले गरेका तथ्याङ्क र स्रोत, सङ्घीय एकाइको भौगोलिक विभाजन र अधिकार प्रत्यायोजनको समीक्षा गरिएको छ । समीक्षा गरिएका मोडेलमध्य २० वटाले मात्र सङ्घीय एकाइको सीमाङ्कनसहितको भौगोलिक विभाजन गरेका छन । मुल उद्देश्यका आधारमा राज्यलाई सङ्घीय एकाइमा पुनर्सरचना गर्ने प्रस्तावहरुलाई दुई श्रेणीमा बाँड्न सकिन्छ: १) एकथरी जसले समाजमा  रहेका सामाजिक — सांस्कृतिक विभेदका समस्यालाई समाधान गर्ने स्वायत्तता र आत्मनिर्णयको अधिकारका साथमा जातिय÷ सांस्कृतिक पहिचान अभिवृद्वि गर्ने आशय राख्दछन् र २) अर्काथरी जसले विकेन्द्रीकरण र शक्ति तथा अधिकार प्रत्यायोजन,  हस्तान्तरणका माध्यमबाट पारस्परिक  आर्थिक सहयोग बढाउदै विकासका चुनौतीहरुको सम्बोधन गर्ने र क्षेत्रीय सन्तुलन हासिल गर्ने आशय राख्दछन्  दोस्रो श्रेणीका मोडेल जिल्ला तहमा जातीय भाषिक पहिचान र प्रादेशिक तहमा भौगोलिक परिपूरकतामा जोड दिएको देखिन्छ ।

Share Via: