Social Science Baha

Other Events

कर्णाली लोक संस्कृति: पुस्तक बिमोचन कार्यक्रम

वक्ताहरू
बिहारी कृष्ण श्रेष्ठ, खण्ड ३ का लेखक
छक्क बहादुर लामा, संघीय सांसद, हुम्ला
महेश विक्रम शाह, लेखक तथा पूर्व प्रहरी प्रमुख, कर्णाली प्रदेश

पुस्तकको बारेमा

कर्णाली लोक संस्कृति

खण्ड १ l इतिहास — सत्यमोहन जोशी
खण्ड २ l  भौगोलिक दृष्टिकोण — स्थिर जङ्गबहादर सिंह
खण्ड ३ l  जनजीवन — बिहारीकृष्ण श्रेष्ठ
खण्ड ४ l  भाषा — चुडामणि बन्धु
खण्ड ५ l  साहित्य सङ्गीत कला — प्रदीप रिमाल


आजभन्दा आधा शताब्दी अगाडि ‘लोक संस्कृति सर्वेक्षण’ अन्तर्गत विभिन्न पाँचवटा विधाका पाँच जना विद्वान्ले ५० दिनसम्म कर्णाली अञ्चल, जुम्ला जिल्लाको सिंजाखोला उपत्यकामा बसेर अध्ययन गरेका थिए । यी पाँचवटा खण्डमा विभक्त कर्णाली लोक संस्कृतिबारेको पुस्तक त्यही अध्ययनका उपज हुन्। यस सर्वेक्षणले कर्णाली संस्कृतिका ऐतिहासिक, भौगोलिक, मानवशास्त्रीय, भाषिक अनि साहित्य, सङ्गीत, कला जस्ता विभिन्न पाटाहरु समेटेको छ । अर्थात् यो कर्णालीको बहुपक्षीय अध्ययन हो र यी किताबबाट हामीलाई कर्णालीका विभिन्न पक्ष बुझ्न सघाउ पुग्दछ । पचास वर्षको अन्तरलमा राज्य र नागरिकबीचको सम्बन्धका धेरै कुरा फेरिए होलान् तर पनि यी पुस्तकले हामीलाई कर्णालीमा आएको परिवर्तनबारे बुझ्न अहिले पनि आधार प्रदान गरेकाले आज पनि ति अत्यन्तै सान्दर्भिक छन् ।

कर्णाली सर्वेक्षणमा जसरी समग्र पक्षको अध्ययन भएको थियो त्यसरी अरु अध्ययन हुन् सकेका छैनन् । लामो समयसम्म बजारमा अनुपलब्ध यस शृङ्खलाको पुनःप्रकासनले त्यस सर्वेक्षणको प्रासंगिकता अहिले पनि रहेको जनाउदछ।

कर्णाली लोक संस्कृति: पुस्तक बिमोचन कार्यक्रम

Share Via: