Social Science Baha
Official

Episode 21—Susan Hangen: ‘Diversifying and Decentralising the State: Affirmative Action in Education’

यस लेख १८–२० जुलाई, २०१२ मा काठमाडौंमा सम्पन्न ‘असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपालको प्रवेश’ विषयक सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश हो । त्यो सम्मेलन त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभाग र काठमाडौंको सोसल साइन्स बहाःले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यसनिम्ति ब्रिटिश एकाडेमी युके–साउथ एसिया पार्टनरसिप स्किम, लण्डन विश्वविद्यालयको गोल्डस्मिथ्स, येल विश्वविद्यालय, सामाजिक समावेशीकरण अनुसन्धान कोष र ओपन सोसाइटी फाउण्डेसनको सहयोग प्राप्त थियो । सो सम्मेलनमा सिर्जित ज्ञान आम नेपालीसम्म पुग्न सकोस् भनेर त्यहाँ प्रस्तुत कार्यपत्रहरूको नेपाली अनुवाद प्रकाशित गर्न लागिएको हो । शिक्षक मासिकका तीन अंकहरू (असार, साउन र भदौ २०७०)मा कार्यपत्रको नेपाली अनुवाद क्रमशः छापिने छन् । यस लेखको नेपाली रूपान्तरण पत्रकार मोहन मैनालीले गर्नुभएको हो । यस छापिएको लेखका बारेमा मंसित २, २०७० गते आइतबार बिहान ८ देखि ८:३० सम्म काठमाडौंको रेडियो सगरमाथा (१०२.४ मेगाहर्ज) लगायत देशका विभिन्न १६ वटा स्टेशनमा छलफल प्रसारण गरियो ।

राज्यको रूपान्तरण र विविधीकरण: शिक्षामा सकारात्मक कदम
सुजन हृयाङ्गेन
उप–प्राध्यापक, मानवशास्त्र र अध्ययन, रामापो कलेज

Diversifying and Decentralising the State: Affirmative Action in Education
{play}http://www.soscbaha.org/downloads/radio_programme/susan_hangen_17_nov_2013.mp3{/play}

शिक्षाले पहरेदारको भूमिका खेल्ने भएकाले यो कार्यपत्रले सकारात्मक कदमले यसलाई प्राथमिकता दिनुपर्दछ भन्ने दाबी गर्दछ । शिक्षामा असमान पहुँचले सामाजिक असमानता र सामाजिक वञ्चितीकरणलाई निरन्तरता दिन्छ । त्यसैले यस्तो पहुँचको अनुगमनले शिक्षाको व्यावहारिक र साङ्केतिक दुवै भूमिकालाई बुझ्न मदत गर्दछ । अग्रगति र विकासका लागि केन्द्रित प्रयास गरेको नेपालसँग लामो इतिहास छ । असमानता घटाउनका लागि गरिएका विकेन्द्रीकरणका विभिन्न प्रयासलाई पनि यस अन्तर्गत लिन सकिन्छ । तैपनि सामाजिक समता प्राप्तिका लागि विकेन्द्रीकरण मात्रै पर्याप्त छैन । त्यसैले, यो अपूर्णतालाई सम्बोधन गर्नका लागि सकारात्मक कदमका नीतिहरू प्रस्ताव गरिएका छन् । तर ती थोरै छन् र तिनको यथेष्ट कार्यन्वयन पनि भएको छैन ।

सकारात्मक कदमका लागि शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने अर्को कारण नेपालमा स्पष्ट रूपमा कायम रहेको शिक्षाको असमानता हो । विद्यालय स्तरका शैक्षिक प्रशासक, शिक्षक र विद्यार्थीहरूमध्येमा माथिल्लो जातका हिन्दू पुरुषहरूको संख्या ठूलो छ । विश्व बैंकको ‘छोटा नागरिक बडा नागरिक’ नामक प्रतिवेदन अनुसार सम्पूर्ण ब्राह्मण, क्षेत्री र नेवार समेत जोड्दा उनीहरूको उपस्थिति बाँकी अरू सबैको भन्दा अत्यन्त धेरै छ । साथै यस प्रतिवेदनले सबैभन्दा बढी विद्यालय छाड्ने विद्यार्थीहरू पनि सीमान्तीकृत समूहमै बढी भएको देखाउँदछ ।

पुरा पढ्नुहोस्>>