Social Science Baha
Official

Episode 17—Mahendra Lawoti: ‘Affirmative Action and Political Representation across Time, Groups and States: Testing Claims for and against with Cases of India, Nepal, and Sri Lanka’

यस लेख १८–२० जुलाई, २०१२ मा काठमाडौंमा सम्पन्न ‘असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपालको प्रवेश’ विषयक सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश हो । त्यो सम्मेलन त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभाग र काठमाडौंको सोसल साइन्स बहाःले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यसनिम्ति ब्रिटिश एकाडेमी युके–साउथ एसिया पार्टनरसिप स्किम, लण्डन विश्वविद्यालयको गोल्डस्मिथ्स, येल विश्वविद्यालय, सामाजिक समावेशीकरण अनुसन्धान कोष र ओपन सोसाइटी फाउण्डेसनको सहयोग प्राप्त थियो । सो सम्मेलनमा सिर्जित ज्ञान आम नेपालीसम्म पुग्न सकोस् भनेर त्यहाँ प्रस्तुत कार्यपत्रहरूको नेपाली अनुवाद प्रकाशित गर्न लागिएको हो । शिक्षक मासिकका तीन अंकहरू (असार, साउन र भदौ २०७०)मा कार्यपत्रको नेपाली अनुवाद क्रमशः छापिने छन् । यस लेखको नेपाली रूपान्तरण पत्रकार मोहन मैनालीले गर्नुभएको हो । यस छापिएको लेखका बारेमा कार्तिक ३, २०७० गते आइतबार बिहान ८ देखि ८:३० सम्म काठमाडौंको रेडियो सगरमाथा (१०२.४ मेगाहर्ज) लगायत देशका विभिन्न १६ वटा स्टेशनमा छलफल प्रसारण गरियो ।

समय, समूह र देश अनुसार सकारात्मक कदम र राजनीतिक प्रतिनिधित्वः नेपाल, भारत र श्रीलंकाका संसदमा भएको प्रतिनिधित्व सम्बन्धी दावी र प्रतिदावीको जाँच
महेन्द्र लावती
प्राध्यापक, राजनीतिशास्त्र, वेस्टर्न मिचिगन विश्वविद्यालय

Listen to or download radio programme

Affirmative Action and Political Representation across Time, Groups and States: Testing Claims for and against with Cases of India, Nepal, and Sri Lanka
{play}http://www.soscbaha.org/downloads/radio_programme/mahendra_lawoti_20_oct_2013.mp3{/play}

यस कार्यपत्रमा नेपाल, भारत र श्रीलंकाका संसदमा भएको प्रतिनिधित्व सम्बन्धी आँकडाका आधारमा सकारात्मक कदमका बारेमा गरिएका दावी र प्रतिदावीको जाँच गरिएको छ । सकारात्मक कदमका नीति लिएका देशहरूमा अल्पसंख्यक समूहको प्रतिनिधित्व बढेको छ तर यस्तो वृद्धि सकारात्मक कदमका नीतिका कारणले भएको हो कि सम्बन्धित समूहको क्षमता अभिवृद्धि (राजनीतिक चेतना, परिचालन आदि) का कारणले भएको हो भन्ने बारेमा विवाद छ । यसबाट प्राप्त अधिकांश फाइदा सुविधाविहीन समूहका संभ्रान्तहरूले लिएको दावी पनि गरिन्छ । यस तुलनात्मक अध्ययनका लागि छानिएका तीनवटा देशहरूको सामाजिक–आर्थिक अवस्था उस्तै भए पनि अल्पसंख्यक समूहको प्रतिनिधित्व बढाउनका लागि यिनीहरूले (श्रीलंका अनि भारत र नेपाल) भिन्न भिन्न अवधारणा अपनाएका छन् अथवा उस्तै अवधारणा अपनाए पनि ती अवधारणा अपनाएको समय भने फरक छ (नेपाल र भारत) ।

भारत

भारतमा सकारात्मक कदमका नीतिको लामो इतिहास भए पनि यस नीतिले सबै सीमान्तकृत समूहलाई लक्षित गरेको छैन । यस्तो अवस्थाले सकारात्मक कदमका नीतिको प्रभाव जाँच्ने अवसर दिएको छ । यस कार्यपत्रमा भारतमा स्वतन्त्रता हासिल भए यता संसदमा लक्षित समूह (अनुसूचित जाति र अनुसूचित जनजाति) र लक्षित नगरिएका समूह (मुसलमान) को प्रतिनिधित्वका बीचमा तुलना गरिएको छ । सकारात्मक कदमका नीतिले लक्षित नगरेका मुसलमानहरूको प्रतिनिधित्व समयक्रममा बढ्दै गई उनीहरूको जनसंख्याको समानुपातिक भएको छ भने के भन्न सकिन्छ भने मुसलमानहरूको क्षमता अभिवृद्धिले गर्दा समावेशीकरण भयो र सीमान्तकृत समूहका लागि सकारात्मक कदमको नीति चाहिँदैन । अर्कातिर, अनुसूचित जाति र अनुसूचित जनजातिको प्रतिनिधित्व लगभग समानुपातिक छ तर मुसलमानको प्रतिनिधित्व कम छ भने सकारात्मक कदमका नीतिले उनीहरूको प्रतिनिधित्व बढायो भनी भन्न सकिन्छ । साथै के पनि भन्न सकिन्छ भने सकारात्मक कदमका नीतिले लक्षित नगरेकाले आधा शताब्दी (यस अवधिमा क्षमता बढाउने धेरै अवसर थियो) भन्दा बढी समय बिते पनि मुसलमानहरूको प्रतिनिधित्व अझै कम छ ।

पुरा पढ्नुहोस्>>