Social Science Baha
Official

Episode 13—Khyam Bishwakarma: ‘Affirmative Action in Nepal: What Does It Mean for Dalits at the Grassroots Level?’

यस लेख १८–२० जुलाई, २०१२ मा काठमाडौंमा सम्पन्न ‘असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपालको प्रवेश’ विषयक सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश हो । त्यो सम्मेलन त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभाग र काठमाडौंको सोसल साइन्स बहाःले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यसनिम्ति ब्रिटिश एकाडेमी युके–साउथ एसिया पार्टनरसिप स्किम, लण्डन विश्वविद्यालयको गोल्डस्मिथ्स, येल विश्वविद्यालय, सामाजिक समावेशीकरण अनुसन्धान कोष र ओपन सोसाइटी फाउण्डेसनको सहयोग प्राप्त थियो । सो सम्मेलनमा सिर्जित ज्ञान आम नेपालीसम्म पुग्न सकोस् भनेर त्यहाँ प्रस्तुत कार्यपत्रहरूको नेपाली अनुवाद प्रकाशित गर्न लागिएको हो । शिक्षक मासिकका तीन अंकहरू (असार, साउन र भदौ २०७०)मा कार्यपत्रको नेपाली अनुवाद क्रमशः छापिने छन् । यस लेखको नेपाली रूपान्तरण पत्रकार मोहन मैनालीले गर्नुभएको हो । यस छापिएको लेखका बारेमा भदौ ३०, २०७० गते आइतबार बिहान ८ देखि ८:३० सम्म काठमाडौंको रेडियो सगरमाथा (१०२.४ मेगाहर्ज) लगायत देशका विभिन्न १६ वटा स्टेशनमा छलफल प्रसारण गरियो ।

नेपालमा सकारात्मक कदम: तल्लो तहका दलितका लागि यसको के अर्थ छ ?
ख्याम विश्वकर्मा
स्वतन्त्र अध्येता, नेपाल

Listen to or download radio programme

Affirmative Action in Nepal: What Does It Mean for Dalits at the Grassroots Level?
{play}http://www.soscbaha.org/downloads/radio_programme/khyam_bishwakarma_15_sept_2013.mp3{/play}

यस कार्यपत्रमा छुवाछुत र सामाजिक उथलपुथलको मारमा परेका आम दलितहरूका लागि सकारात्मक कदमको के अर्थ छ भनी हेर्ने प्रयास गरिएको छ । यो कार्यपत्र पर्वत जिल्लाको ठूलीपोखरीका कामी समुदायका बारेमा गरिएको अनुसन्धानमा आधारित छ । यसमा नवउदारवादी बजार निर्देशित विकास नीतिले दलितलाई कसरी पीडित बनाएको छ र उनीहरूलाई सकारात्मक कदम किन चाहिएको छ भन्ने कुराका बारेमा छलफल गरिएको छ । यसमा के तर्क गरिएको छ भने सकारात्मक कदम सम्बन्धी नीतिले राजनीतिक प्रतिनिधित्वका साथै नवउदारवादी नीति र विश्वव्यापीकरणले ल्याएको ‘सामाजिक उथलपुथल’ लाई पनि सम्बोधन गर्नुपर्छ ।  

सकारात्मक कदमलाई प्रायशः आरक्षणको पर्यायवाची मानिन्छ । यसलाई ऐतिहासिक गल्ती सच्याउनका लागि अपनाइएका नीतिगत उपायका रूपमा लिइएको छ । नेपालमा सकारात्मक कदम सम्बन्धी नीति मूलतः भारतीय प्रयोग आधारमा तयार गरिएका हुन् । सन् १९९० पछि नेपालमा सीमान्तकृत समुदायका मानिसले चलाएका सामाजिक–राजनीतिक आन्दोलनहरूमा वृद्धि भयो । सन् १९९६ मा माओवादी विद्रोहले सामाजिक वञ्चितीकरण जस्ता विषय उठाएपछि यसले महत्व पायो । सकारात्मक कदमलाई यी विषयलाई सम्बोधन गर्ने एउटा नीतिगत उपायका रूपमा प्रस्ताव गरिएको थियो । 

नेपाल सरकारले सन् २००३ मा महिला, दलित र आदिवासी–जनजातिका लागि आरक्षणको नीति ल्याई सरकारी सेवाका सीटमध्ये २० प्रतिशत महिलाका लागि, १० प्रतिशत दलितका लागि र पाँच (पछि १५ बनाइएको) प्रतिशत आदिवासी–जनजातिका लागि आरक्षित ग¥यो । निजामती सेवा, प्रहरी सेवा र सशस्त्र प्रहरी सेवाका ४५ प्रतिशत सीट महिला, दलित, जनजाति र मधेसीका लागि आरक्षित गरियो । यस्तै गरी, विद्यालय क्षेत्र सुधार कार्यक्रम (२००९–१५) ले दलित महिला लगायत सुविधाविहीन समुदायका शिक्षकलाई लाभ पुगोस् भनेर सकारात्मक कदम अपनाउन प्रस्ताव गर्यो ।  

सकारात्मक कदमहरू फलदायी भएका छन् तर यिनको प्रभाव सीमित छ । सकारात्मक कदमले गर्दा केही दलितहरूले चिकित्सा विज्ञान र इन्जिनियरिङ लगायतका विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन् । तर यस सम्बन्धी प्रगति सीमित मात्रामा मात्र भएको छ । सरकारी सेवाका ०.९ प्रतिशत सीटमा मात्र दलित छन् जवकि व्राह्मणको प्रतिशत ५८.३ छ । विकासे संस्थाहरूमध्ये द्विपक्षीय, बहुपक्षीय र राष्ट्रसंघीय निकायका कर्मचारीमा दलितहरू क्रमशः १, १.४ र १३ प्रतिशत मात्र छन् । गरीबीमा पनि ठूलो असमानता छ । पहाड र तराईका दलितहरूको गरीबी क्रमशः ४३.६३ र ३८.१ प्रतिशत छ जवकि पहाड र तराईका व्राह्मणहरूको गरीबी दर क्रमशः १०.३ र १८.६ प्रतिशत छ । 

यस सन्दर्भमा, केही आधारभूत प्रश्नको जवाफ खोज्नु परेको छ ? ती हुन्: दलितका लागि सकारात्मक कदमको के अर्थ छ ? दलितको आत्मसम्मान र पहिचान प्रवद्र्धन गर्नमा (खास गरी विश्वव्यापीकरणका सन्दर्भमा) यसले कस्तो योगदान गरेको छ ?

दलितलाई परिभाषित गर्ने दुईवटा तत्व छन् । पहिलो, छुवाछुतको प्रचलनले गर्दा उनीहरू सामाजिक अवसरबाट वञ्चित छन् । दोस्रो, उनीहरू परम्परागत कारिगरी पेशामा लागेका छन् । ठूलीपोखरीका कामी समुदायका बारेमा गरिएको स्थलगत अध्ययनले के देखाएको छ भने नवउदारवादी नीतिले आफूमाथि नकारात्मक प्रभाव पारेको अनुभव दलितहरूले गरेका छन् । छुवाछुतको चलन अझै कायम छ । यस बाहेक, उनीहरूको परम्परागत पेशा काम नलाग्ने भएकाले दलितहरूले थप सीमान्तकरण भोग्नु परेको छ ।
विभिन्न लेखकहरूले गरेका अध्ययनले पनि यस कुरालाई सही ठहर्याएका छन् । पोखरेल र क्षेत्री (२००६) ले के तर्क गरेका छन् भने यस्तो परिवर्तनले गर्दा दलितहरू थप कुनातिर धकेलिएका छन् । भट्टचन (२००८, २००३) का अनुसार १९ प्रतिशत दलित मात्र आफ्नो परम्परागत पेशामा संलग्न छन् । यस बाहेक, विश्वकर्मा (२०११) का अनुसार २०.७५ प्रतिशत विश्वकर्मा, ११ प्रतिशत परियार र ५ प्रतिशत चर्मकारले मात्र आप्mनो परम्परागत पेशा अपनाएका छन् ।

ठूलीपोखरीको ग्रामीण अर्थतन्त्र र कामी
ठूलीपोखरी मूलतः कृषिमा आश्रित गाउँ हो । यहाँको झण्डै ९५ प्रतिशत खेत व्राह्मणको स्वामित्वमा छ । अधिकांश दलितसँग कृषिका लागि उपयोगी जमिन छैन । यहाँका ५१ कामी घरपरिवारमध्ये २८ घरपरिवारसँग कुल १८६ रोपनी  मात्र सिंचित जमिन छ । यस्तैगरी, हरेक परिवारसँग केही बारी छ । सबैको बारीको कुल क्षेत्रफल ११६ रोपनी छ । यसबाट के देखिन्छ भने उनीहरूसँग औसत ६.६४ रोपनी खेत र २.२३ रोपनी बारी छ (तालिका १ हेर्नुहोला) । यति जमिनबाट उनीहरू कुल २६३ मुरी  धान, ११० मुरी कोदो र ७०.७५ मुरी मकै फलाउँछन् । पाँच घरपरिवारले मात्र आफ्नो उत्पादनले वर्षभरि खान पुग्ने बताए भने ३७ घरपरिवारले आफ्नो उत्पादनले मुश्किलले तीन महिना खान पुग्ने बताए ।

तालिका १: जमिनको स्वामित्व अनुसार ठूलीपोखरीका कामी घरपरिवारको स्थिति

क्र. 
.

खेत

 

बारी

क्षेत्रफल

घरपरिवार

क्र.
.

क्षेत्रफल

घरपरिवार

  १.

१ रोपनी

२१

  १.

१ रोपनीभन्दा कम

२३

  २.

२ रोपनी

१२

  २.

१ देखि ५ रोपनी

१७

  ३.

३ रोपनी

  ३.

६ देखि १० रोपनी

  ४.

४ रोपनी

  ४.

११ देखि १५ रोपनी

  ५.

५ देखि ७ रोपनी

  ५.

१५ रोपनीभन्दा माथि

 

कुल

५१

 

कुल

५१

ठूलीपोखरीको कुल दलित जनसंख्यामा कामीको संख्या ३.९ प्रतिशत छ । यहाँ कामीहरू आठ पुस्तादेखि बसिरहेका छन् र अन्य समुदायलाई आप्mनो कारीगरी पेशाका माध्यमले सेवा पु¥याउँदै आएका छन् । कृषि अर्थतन्त्रमा उनीहरूको पेशाको महत्व थियो । उनीहरू कृषिका लागि चाहिने उपकरण बनाउने बाहेक आल्मुनियमका भाँडाकुँडा मर्मत गर्ने काम पनि गर्थे । गामा भनेर चिनिने छिमेकी गाउँका कामीहरूले तामाको कामका लागि ख्याति कमाएका थिए । उनीहरू तामाका पानी र अन्न राख्ने भाँडा बनाउँथे । यी वस्तुका मुख्य ग्राहक स्थानीय बासिन्दा थिए । गाउँलेहरूले आपूmलाई चाहिने सामान अर्डर गर्थे र ती सामान अन्नसँग साट्थे । यस्तो कारोबारमा पैसा संलग्न हुँदैनथ्यो । उनीहरू आफ्नै गाउँ र छिमेकी गाउँमा लाग्ने हाटबजारमा पनि आफ्ना सामान बेच्ने गर्थे । सामान्यतया, पुरुषले आरनको काम गर्थे भने महिलाले आफ्ना विष्ट (आफूले सेवा दिने मानिस)कहाँबाट बाली  उठाउने गर्थे । कतै कतै महिलाले पनि आरनको काममा सघाउँथे ।                 

सन् १९६० को दशक यता यहाँ ठूलो परिवर्तन भएको छ । सिद्धार्थ राजमार्ग बनेपछि गाउँमा भारतीय सामान छ्यापछ्याप्ती आउन थाले । मानिसहरू कामको खोजीमा अन्त जान थाले । उनीहरूले गाउँमा नगद भित्रयाए । सन् १९९० सम्ममा पृथ्वी राजमार्ग छिमेकी गाउँ हुँदै गएपछि ठूलीपोखरी गाउँमा पनि खुला बजार नीति आयो र कृषिलाई विस्तारै असर पार्न थाल्यो । कृषि पेशाप्रति मानिसको रुचि कम हुँदै गएकाले परम्परागत कृषि औजारको महत्व घट्दै गयो । अझ गम्भीर कुरा त के भयो भने आयातित कृषि औजार सस्तोमा बजारमा पाइन थाल्यो । यसरी कामीको जीविकोपार्जनको मुख्य पेशा महत्वहीन हुँदै गयो । उनीहरूको सामाजिक महत्व निर्धारण गर्ने काममा तिनको पेशाले ठूलो भूमिका खेलेको थियो । विश्वव्यापी बजारको हावाको बेगले पेशाको महत्व घटेपछि उनीहरूले चर्काे बेरोजगारी, गरीबी र सामाजिक असुरक्षा भोग्नुप¥यो । स्थलगत अध्ययनले देखाए अनुसार, यहाँका ५१ घरपरिवारमध्ये हाल १० घरपरिवार मात्रै परम्परागत पेशामा निर्भर छन् ।

सकारात्मक कदम सम्बन्धी नीतिका लागि सुझाव
अध्ययनबाट ठूलीपोखरीका कामीहरूलाई सकारात्मक कदमको नीतिका बारेमा उति थाहा नभएको पत्ता लागेको छ । कुराकानी गरिएका ५० मध्ये ४५ जनालाई सकारात्मक कदम सम्बन्धी नीतिका बारेमा केही पनि थाहा थिएन । उनीहरूले के मात्रै थाहा पाएका थिए भने गाउँमा वृद्ध भत्ता र छात्रावृत्तिको व्यवस्था छ, केही कामीको आरनका लागि गाविसले हाते खलाँती दिएको छ । यी कदम उनीहरूले भोगिरहेका समस्या समाधान गर्न पर्याप्त थिएनन् । कतै कतै त सरकारले लिएको नीतिले कामीहरूमा नराम्रो प्रभाव समेत पारेको छ । उदाहरणका लागि, सामुदायिक वन सम्बन्धी निश्चित नीतिनियमले गर्दा कामीले आफ्नो पेशा चलाउन नभई नहुने गोल बनाउन पाएनन् ।

आफ्नो पहिचान र अस्तित्वसँग गाँसिएकाले परम्परागत पेशाप्रति कामीहरूको ठूलो लगाव छ । तर सरकारी नीतिमा उनीहरूको परम्परागत पेशालाई प्रवद्र्धन गर्ने (उदाहरणका लागि, गोल बनाउन अनुमति दिने) प्रावधान छैनन् । आधुनिक सीप र बजारमा प्रतिस्पर्धा गर्ने क्षमता महत्वपूर्ण कुरा हुन् । बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि उनीहरूलाई तालिम, औजार र बजारको व्यवस्था गर्ने खालका कार्यक्रमको खाँचो छ । उनीहरूले यस्तो नीतिको माग गरेका छन् जसबाट बजारमा प्रतिस्पर्धा गर्न सकून् र उनीहरूको आत्मसम्मान र पहिचान कायम रहोस् । सकारात्मक कदम सम्बन्धी नीतिले परम्परागत पेशाको निरन्तरता मार्फत समाजमा कामी जस्तै अरू दलितको पनि हैसियत पुनःस्थापित गर्नुपर्छ र स्थानीय अर्थतन्त्रमा उनीहरूको सामाजिक अवस्थालाई पुनः बलियो बनाउनुपर्छ ।