व्यापक र अनियन्त्रित रूपमा प्रयोग भइरहेका एजेन्टहरू प्रवासी कामदार पठाउने देशको नीतिका लागि साझा चुनौती बनेका छन् । एजेन्टहरूले प्रवासी कामदारहरुलाई काम खोजिदिएर र कामदार विदेश पठाउने संस्थालाई कामदार सिफारिस गरेर सहयोग गरेका भए पनि कामदारले भोग्नु परेका धेरै समस्या उनीहरुले गर्दा उब्जिएका हुन् । नेपालको कानुन र वैदेशिक रोजगार सम्बन्धी क्षतिपूर्ति दाबी गर्ने संयन्त्रले प्रवासी कामदारले एजेन्टबाट क्षतिपूर्ति पाउने वा सजाय दिने प्रावधान राखेको छैन । यो सारसंक्षेपले नेपालका वैदेशिक रोजागारका क्षेत्रमा काम गर्ने एजेन्टको विकल्प, एजेन्टलाई उत्तरदायी बनाउने उपाय र संयन्त्रहरू, असफल हुनुका कारणहरु र सुधारका लागि सिफारिस समेटेको छ ।

Share Via: