विदेशमा गम्भीर दुव्र्यवहार, शोषण, बँधुवा र जबर्जस्ती काम गर्नुपरेको गुनासो नेपाली प्रवासी कामदारहरुले प्रत्येक वर्ष गरिरहेका छन् । केही घटनाहरु प्रस्थान गर्नुअघि भएका बलजती, धोखाधडी वा शक्तिको दुरूपयोगसँग सम्बन्धित छन् । यस्ता प्रवासी कामदारहरुलाई बेचबिखन पीडितका रुपमा लिन सकिन्छ । अहिले श्रम प्रवासनका दौरानमा बेचबिखनमा परेका व्यक्तिहरु नेपालको कानुन तथा यसको कार्यान्वयनमा समेटिन सकेका छैनन् — वैदेशिक रोजगारको संरचनाले निम्नस्तरका दुव्र्यवहारलाई समेटेको छ भने बेचबिखन सम्बन्धी संरचना चाहिं मुख्यतयाः यौन शोषण र वेश्यावृत्तिमा केन्द्रित छ । जोखिममा रहेका कामदारहरुको क्षतिपूर्तिमा पहुँच र संरक्षण हुनुका साथै दोषीलाई पनि जवाफदेही बनाउन कानुनी संरचना र यसको कार्यान्वयनमा सुधारको आवश्यकता छ ।

Share Via: