वैदेशिक रोजगार ऐन २०६४ ले म्यानपावर एजेन्सीहरुले नयाँ खालका शर्तहरु पूरा गर्नुपर्ने व्यवस्था गर्नुका साथै इजाजत दिने प्रक्रियालाई कडा बनाएको छ । यसमा म्यानपावर कम्पनीले ऐन उल्लंघन गर्दा अपनाइने विशेष खालका प्रावधानहरु पनि रहेका छन् जसमा प्रवासी कामदारलाई दिइने क्षतिपूर्ति र गम्भीर प्रकृतिका उल्लंघनमा म्यानपावर एजेन्सीमा काम गर्ने कर्मचारीहरुलाई मुद्दा चलाउने समेत छन् । यद्यपि प्रवासी कामदारहरुलाई हानि गर्ने थोरै मात्र म्यानपावर एजेन्सीका कर्मचारीहरु वा एजेन्सीहरुलाई मुद्दा चलाइएको छ र क्षतिपूर्ति अत्यन्त कम मात्रामा दिइएको छ । प्रवासी कामदारहरुले मुद्दा हाल्दा झेल्नुुपर्ने विभिन्न व्यवधानहरु र सरकारी निकायको कमीकमजोरीका कारणले यस्तो हुन गएको हो । सापेक्षिक रुपमा हेर्दा नेपालका म्यानपावर कम्पनीहरुमा दण्डहीनता छ  जसले गर्दा वैदेशिक रोजगारीका लागि जाने महिला तथा पुरूषहरु असुरक्षित छन् ।

Share Via: