Social Science Baha

SSB in the news

भूकम्प प्रतिकार्यको सहयोग ढाँचा प्रभावकारीः विज्ञहरु

अक्षरपाटी
8 March 2019

काठमाडौं । रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ । ०७२ मा गएको भूकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठहरुको निचोड निकाल्न कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालाले नेपालको भूकम्प पछि अबलम्बन गरिएको एउटै रेडक्रस अभियान, एउटै खालको योजना अन्तरर्गत एकिकृत सहयोग ढाँचा सफल र उपयोगी भएको निश्कर्ष निकालेको छ ।

छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण गर्नुपर्ने, सामुदायिक सहभागिता र जवाफदेहिता, लैंगिक समानता, सञ्चार, अनुगमन मुल्यांकन जस्ता विषयलाई एकाकार गरी उद्यार र प्रतिकार्यसम्बन्धी निर्देशिकाहरु मुलुकको संघीय संरचना अनुकुल ढाल्नुपर्ने,, प्रतिकार्यको लागि स्पष्ट कार्यविधि सहितको एक स्थायी संरचना निर्माण हुनुपर्ने र सहयोग सम्बन्धि सिद्धान्तहरुलाई व्यापक प्रचार गरिनुपर्ने जस्ता रणनीतिक प्राथमिकता तय गरेको छ ।

रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भने, “भविश्यमा हुनसक्ने ठूला विपद्मा थप प्रभावकारी सहयोग गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणको लागि दीर्घकालीन लगानी र साझेदारी बढाउन अत्यावश्यक छ ।”

०७२ सालको विनाशकारी भूकम्प पश्चात रेडक्रसबाट गरिएको तत्काल सहयोग तथा अति प्रभावित जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रममा भएका राम्रा अभ्यास र चुनौतीको समीक्षा गर्दै भविश्यमा यस्तै विपद् आँउदा समग्र रेडक्रस परिवारले अझ राम्रो गर्न व्यवहारिक उपाय सिक्न कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय महासँघका प्रतिनिधि जुजा किमले जानकारी दिए ।

नेपालमा रेडक्रसमार्फत् अती प्रभावित क्षेत्रहरुमा आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाई लगायतका समुदायमा विभिन्न पक्षहरुको सहयोगमा सञ्चालित सहयोग गतिविधि तथा संस्थागत क्षमता विकास गतिविधिबाट सिकिएका पाठहरुको लागि ११ वटा समूहमा विभाजित भई छलफल गरिएको थियो । हरेक समूहका निश्कर्ष महत्वपूर्ण भएको नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।

जापान, थाइल्याण्ड, कतार, अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, डेनमार्क, फिनल्याण्ड, कोरिया, क्यानडा, स्पेन र स्वीजरल्याड रेडक्रसका प्रतिनिधि, नेपाल सरकारका गृह, शहरी विकास, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषि र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिह, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका साथै भूकम्प प्रतिकार्य र पुननिर्माणमा संलग्न एनसेट, एचआरआरपीलगायतका प्रतिनिधि तथा प्रतिकार्य गतिविधिमा संलग्न केन्द्र एवं जिल्लाका रेडक्रसकर्मी गरी १४० जनाको सहभागिता कार्यशालमा रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

गृहमन्त्रालयका उप सचिव वंशी कुमार आचार्यले भूकम्पको पहिलो दिनदेखि नै आफू हवाइअड्डामा खटिएको र रेडक्रसको कामबाट प्रभावित भएको बताए । मेक्सिकोका परामर्शदाता वानले सहजीकरण गरेको कार्यक्रममा सहभागी र नेपालमा भुकम्प प्रतिकार्यमा प्रत्यक्ष सहयोग गर्नुहुने सवैलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वाले धन्यवाद दिए । उनले भने, ‘हरेक व्यक्ति र सँस्था जुनसुकै वेला विपत्तिको सामना गर्न तयार हुनुपर्छ, हिजो भन्दा चाँडो, हिजो भन्दा राम्रो तरीकाले काम गर्न सिक्दै जानुपर्दछ ।’

लगानी वढाउनुपर्छ

विज्ञ र लाभान्वितहरुको छुट्टाछुट्टै प्यानल छलफल कार्यक्रम कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष थियो । विज्ञ समूहको छलफलमा एनसेटका डा रमेश गुरागाईले हाम्रो सामाजिक परिचालन र प्राविधिक क्षमताको आधारमा हेर्दा ३ वर्षमा मुलुकले पुननिर्माणका क्षेत्रमा ठूलो प्रगति मान्नु पर्ने बताउदै पुननिर्माणको अवधि वढाउनुपर्ने धारणा व्यक्त गरे ।

एचआरआरपीका लरेन लकुडले नेपालको पुननिर्माणले १२ वर्षजति समय लिनसक्ने आँकलन गरे । विज्ञ डा राम थपलियाले नेपालका संस्थाहरुको निर्णय र कार्यान्वयन क्षमता नै कमजोर रहेको तर्फ औँल्याए । समाजशास्त्री डा जीवन बानियाँले पुननिर्माण निकाय र प्रभावित वीच उपयुक्त सञ्चार हुन नसकेको खोजहरुले देखाएको औँल्याउँदै क्षतिको अवस्था संकलन र पुननिर्माण योजनामा प्रभावितका कतिपय विषयलाई उचित सम्बोधन गर्न नसकिएको बताए ।

Link

Share Via: