Recent Publications

Recent Publications

लैंगिकता र लडाइँपछिको नेपालको संक्रमण
लेखक
जीवन बानियासमृद्धि खरेलदीपक थापा र अलेकज्यान्डर राम्सबोथम

यस प्रतिवेदनमा लैंगिक सम्बन्ध र समानता अनि नेपालमा लडाइँपछिको संक्रमणबारे चर्चा गरिएको छ । यसमा निम्न कुरामा ध्यान दिइएको छ: संक्रमण कालमा लैंगिकतासम्बन्धी सकारात्मक कदम (उदाहरणका लागि, राजनीति, रोजगारी र विकाससम्बन्धी); संक्रमण कालका विशेष पक्षमा लैंगिक दृष्टिकोण, जस्तै— सुरक्षा क्षेत्रको सुधार, न्याय र राजनीतिक सहभागितामा पहुँच; लैंगिकतासम्बन्धी अनुभव, महिला, यौन अल्पसंख्यक, दलित, जनजाति र मधेसी जस्ता सीमान्तीकृत समुदायका आशा र प्राथमिकता; भिन्न पहिचान भएका समुदायको अलग बाटो । यसमा सन् २०१५ को भूकम्पपछिको नेपालको गहन राजनीतिक परिवर्तनसम्बन्धी छोटो ‘केस स्टडी’ पनि समावेश गरिएको छ जसले अवसर र चुनौतीसम्बन्धी उदाहरण प्रस्तुत गरेको छ । सोसल साइन्स बहाः (नेपाल) र कन्सिलिएसन रिसोर्सेज (संयुक्त अधिराज्य) ले २०१६ को अगस्टमा नेपालमा आयोजना गरेको लैंगिक कार्यशालामा भएका छलफललाई यस प्रतिवेदनमा समावेश गरिएको छ । त्यस कार्यशालामा नेपालका विभिन्न जाति÷जनजातिका, भिन्नभिन्न लिंग र क्षेत्रीय विविधताका २४ जना महिला र पुरुष सहभागी थिए । त्यसमा स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका राजनीतिज्ञ, नागरिक समाजका नेता, प्राज्ञ, पत्रकार र स्वतन्त्र अनुसन्धानकर्ताले भाग लिएका थिए । यो कार्यशाला सम्भ्रान्त समूहभन्दा बाहिर राजनीतिक समाधान खोज्न आयोजना गरिएका तीनवटा लैंगिक कार्यशालामध्येको एक थियो । अरू दुईवटा कार्यशाला कोलम्बिया र पपुवा न्युगिनीमा आयोजना गरिएका थिए । यी कार्यशाला द्वन्द्व प्रभावित ठाउँका विभिन्न समूहले संक्रमण काल (विशेषगरी सुरक्षा र सामाजिक र राजनीतिक पक्ष) लाई कसरी बुझेका र कसरी अनुभव गरेका हुन्छन् भन्ने कुरामा केन्द्रित थिए ।

download


A Project of Memoreality

Transnational Development and Local Activism

by Saubhagya Shah
with an introduction by Chaitanya Mishra

2018, pp. xxiv + 284
ISBN: 978 9937 597 42 5
Available in bookstores in Kathmandu and for online purchase here.

This is an ethnographic study of a group of rural women from south-central Nepal brought together by a development intervention. It details how these women used their collective identity forged through an income-generating project to address issues such as women’s property rights, domestic violence, gambling and alcoholism, and even political representation. In examining the intended as well as unintended consequences of an externally initiated ‘women’s development project’, Shah assesses the structural limitations of a development enterprise while also focusing on what he terms the creative agency of the project beneficiaries. This agency becomes apparent in a number of ways, including the construction and projection of memory into the domain of social significance, or ‘memoreality’; the ready adoption of transnational flows of discourses, resources, and legitimacies; and the use of the tools of development to politicise other arenas of socio-political life. A Project of Memoreality will serve as an important contribution to understanding the dynamics of women’s activism in Nepal as well as the complexities of the development industry.

Saubhagya Shah was Associate Professor of Sociology at Tribhuvan University, where he also established the Conflict, Peace, and Development Studies programme and served as its first Coordinator. He received his MA in Sociology from Tribhuvan University and a PhD in Anthropology from Harvard University. In between, he also worked as a reporter for The Rising Nepal. His writings include ‘From Evil State to Civil Society’ (in State of Nepal, edited by Kanak Mani Dixit and Shastri Ramachandaran, 2002); ‘A Himalayan Red Herring? Maoist Revolution in the Shadow of the Legacy Raj’ (in Himalayan ‘People’s War’: Nepal’s Maoist Rebellion, edited by Michael Hutt, 2004), ‘Paradise Regained and Lost? April’s Sizzle and February’s Chill’ (in The Inclusive State: Reflections on Reinventing Nepal, edited by Anand Aditya, 2007), Civil Society in Uncivil Places: Soft State and Regime Change in Nepal (2008), ‘Revolution and reaction in the Himalayas: Cultural Resistance and the Maoist “new regime” in Western Nepal’ (American Ethnologist, 2008), ‘The Nepali Post-Conflict: Prospects for Conflict Transformation and Democratic Consolidation’ (Journal of International Affairs, 2009), and ‘Sovereign Deficit: Fragmented Polity, Defense Dilemma and the Battle for Civilian Supremacy in Nepal’ (Contributions to Nepalese Studies, 2009). He passed away in December 2009.



मुलुकको मुहार
नेपाली कङ्ग्रेस, एमाले, एमाओवादी र राप्रपामा समावेशीकरण
(Face of the Nation: Inclusion in the Nepali Congress, UML, CPN-Maoist Centre and RPP)

ध्रुव सिम्खडा
साथमा
काशीराम डाँगीप्रदीप पोखरेलपूर्ण विक, फूर्पा तामाङ,भानुभक्त निरौलाराजबहादुर शाहीलक्ष्मी साह र सीता मादेम्बा
2017, pp. x+236

ISBN: 978 9937 597 39 5
Available in bookstores in Kathmandu and for online purchase here.

विश्वभर अहिले समावेशी लोकतन्त्र निर्विकल्प जस्तै भइसकेको छ । लोकतान्त्रिक प्रक्रिया र विधि अनुसार संसद्, सरकार र सङ्गठन (राजनीतिक दल) मा राज्यको विविधता झल्किनुपर्ने मान्यता जबरजस्त बन्दैछ । यसैले ‘यो’ वा ‘त्यो’ जुनसुकै रूपमा भए पनि विश्वका नयाँ तथा पुराना लोकतान्त्रिक मुलुकहरूमा समावेशी अवधारणाले ठाउँ लिँदैछ । समावेशीकरणको यो विश्वव्यापी लहरमा नेपाल पनि अछुतो रहन सक्दैन । एकातिर नेपाली समाजको विविधता र अर्कोतिर विश्वव्यापी रूपमा उठिरहेको समावेशी लोकतन्त्रको लहर — यी दुवै कुरालाई व्यवस्थित गर्न जातीय, क्षेत्रीय र लैङ्गिक समावेशीकरणको मुद्दाले नेपाली समाज थप विभाजित नहोस् भन्नाका लागि सरकार, संसद् र सङ्गठनमा सहभागिता आवश्यक छ ।

यस सन्दर्भमा प्रमुख चार राजनीतिक दलका केन्द्रीय समिति र नमुनास्वरूप १० जिल्लामा समावेशीकरणको अवस्था कस्तो रहेछ भन्नेबारे अनुसन्धान गरिएको थियो । नेपाली कङ्ग्रेस, एमाले, एमाओवादी र राप्रपाका स्थापना कालदेखि २०७० सालसम्म गठित केन्द्रीय समितिका जातीय र लिङ्गीय सहभागितालाई तथ्याड्ढसहित प्रस्तुत गरिएको छ । मुलुकको कार्यकारी निकाय अर्थात् मन्त्रिपरिषद्, सरकार र जनप्रतिनिधिमूलक संस्था अर्थात् संसद् पनि कतिको समावेशी थिए त भन्ने यस पुस्तकमा समेटिएको छ । यसै यथार्थको धरातलमा नेपाली राज्यको मुहार हेर्ने प्रयास हो यो पुस्तक ।