‘नेपाली जनताको सर्वेक्षण २०१७’ को परिपूरकका रुपमा आएको यस सङ्ग्रहको अभीष्ट त्यो सर्वेक्षण हुँदाको बखत विद्यमान मुलुकको सामाजिक–राजनीतिक सन्दर्भलाई खोतलेर हेर्नु हो । हालका वर्षहरुमा नेपाल बृहत् परिवर्तनको क्रमबाट गुज्रिएको छ, खासगरी सन् २०१५ मा संविधान आएपछि र सन् २०१७ मा सम्पन्न निर्वाचनपछिको अवस्थामा । यहाँ समेटिएका आलेखहरुमा त्यस परिवर्तनसित गाँसिएका बहुविध विषयहरुउपर विज्ञतापूर्ण दृष्टि दिइएको छ । स्थानीय र राष्ट्रिय तहको राजनीति, पहिचान र समावेशीकरण, राजनीतिमा महिला, सीमान्त इलाकाको परिस्थिति, नेपाली अर्थतन्त्रका चुनौतीहरु ती विषय हुन् जसबारे विज्ञ लेखकहरुले गहिरोसित केलाएका छन् । यी छवटा आलेख सङ्घीय नेपालको प्रारम्भिक अवस्थालाई गम्भीरतासाथ पर्घेल्ने महङ्खवपूर्ण अध्ययन सामग्रीसिद्ध हुने अपेक्षा राखिएको छ ।

विषयसूची

१. सङ्घीय नेपालको राजनीति
ध्रुव कुमार

२. प्रदेश तथा स्थानीय तहमा राज्य र समाजबीचको अनुबन्ध
कृष्ण खनाल

३. नेपालको सार्वजनिक जीवनमा महिला
सञ्जय महतो | विमला राई पौड्याल | नन्दिता बरुआ

४. पहिचान, समाज र राज्य: विभिन्न कालखण्डमा नेपालमा नागरिकता र समावेशीकरण
जनक राई | सेरा स्नाइडरम्यान

५. सीमान्त लाभ: युद्धोतर नेपालमा सीमान्त क्षेत्रको गतिशास्त्र
जनाथन गुडह्यान्ड | ओलिभर वाल्टन

६. आर्थिक रूपान्तरण: हामीलाई केले पछि पारेको छ ?
युरेन्द्र बस्नेत | चन्दन सापकोटा | समीर खतिवडा

the-Politics-of-Change_Reflections-on-Contemporary-nepal-nepali

Share Via: