हाम्रो राज्य व्यवस्थाको असामाजिक तथा असमावेशी चरित्रको दृष्टान्त २००७ सालअघि र केही समयपछिसम्म तराई भेगका नेपाली जनतालाई पहाड उक्लिुनपर्दा राहदानी चाहिने तर दक्षिणी सीमापारिका मान्छे नेपाल आउन कुनै कागजात नै नचाहिने विडम्बनापूर्ण चलनले पुष्टि गर्छ । यद्यपि, यस्तो असमावेशी र विभेदकारी चरित्र नै राज्यको अति दुर्बल पक्ष भए तापनि हाम्रै छिमेकका केही ठूला–साना राष्ट्रहरूझैँ नेपाल विखण्डनकारी आन्दोनलको चपेटामा पर्नबाट अझै बचेको छ । केही अन्य मुलुकमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक सामाजिक संरचनात्मक विविधता नै हिंसा र द्वन्द्वको प्रमुख कारक भए पनि हामीकहाँ सामाजिक सद्भाव अविच्छिन्न रहेको हुँदा मुलुकले सामाजिक विचलनको दुष्परिणाम भोग्नुपरको छैन ।

muluk-ko-muhar_2017

Share Via: